बागमती । लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्राे साता बस्ने तयारी...

पुरा पढ्नुहाेस्

एनआरएनए अमेरिकाको निर्वाचन रोक्ने लम्सालको प्रयास असफल

5.62K
shares
khanepani bord

अमेरिका । एनआरएनए अमेरिका र निर्वाचन आयोगलाई तत्काल निर्वाचन रोक्न सूर्य लम्सालले अदालतमा दायर गरेको मुद्धामा गरिएको माग संस्थाको हितमा नदेखिएको भन्दै अदालतले सुचारु गर्ने प्रक्रियालाई झन बलियो बनाइ दिएको छ । संस्था बिरुद्ध मुद्धा गर्ने पक्षले अध्यक्षमा उठ्न नपाउने गरी एनआरएनए अमेरिकाको विधान नौ महिना अगाडि नै संसोधन भएको हो । त्यसलाई आधार मान्दै अदालतले सुधारका लागि प्रयास गर्न प्रसस्तै समय हुँदा पनि अन्तिम समयमा आएर निर्वाचन रोक्न निवेदकले गरेको अपिलको आसय संस्थाको हितमा नदेखिएको भन्दै निर्वाचन रोक्ने निर्णय दिन अस्विकार गर्यो । अदालतले निवेदकको चाहाना संस्थामा सुधार गर्ने भन्दा पनि नोक्सान पुर्याउने खालेको आसयको देखियो भनेको छ ।

यस अघि एनआरएनए आइसीसी देखि एनसीसी सम्मका केही व्यक्तिहरुले निर्वाचन रोकाउन गरेका अनेक प्रयासलाई चिर्दै अगाडि बढेको कार्यसमिति र निर्वाचन आयोग माथि मतदानको समय शुरु हुन केही दिन बाकी रहदा लम्सालले दायर गरेको मुद्धाले पनि निर्वाचनको बाटो रोक्न नसकेको भन्र्दै दुरविन अनलाइनले समाचार प्रकाशित गरेको छ ।

एनआरएनए अमेरिकाको २०२१–२३ का लागि हुँने निर्वाचनमा अध्यक्षमा उम्मेदवारी हालेका सूर्य लम्सालको नाम निर्वाचन आयोगले हटाएको थियो । गत निर्वाचनमा पराजित भएपछि सूर्य लम्सालले एनआरएनए अमेरिका बिरुद्ध हालेको मुद्धा टुंगिएको छैन । यसैलाई आधार बनाएर अध्यक्षका अर्का उम्मेदवार तिलक केसीले विधान अनुसार लम्साल अध्यक्षका लागि अयोग्य भएको भन्दै निवेदन दर्ता गरेपछि निर्वाचन आयोगले सूर्य लम्सालको नाम हटाएको हो । उम्मेदवारको सूचिबाट आफ्नो नाम हटाएर अधिकार हनन गरेको भन्दै निर्वाचन आयोग र एनआरएनए अमेरिका बिरुद्ध उनले मुद्धा दर्ता गरेका हुन् । तत्काल निर्वाचन रोक्न उनले गरेको अपिल अनुसार अदालतले निर्णय दिन मानेन । यो मुद्धाको अर्को सुनवाई जुलाई चारमा हुने छ । लम्सालले फेडरल ब्युरो र आइआरएसमा पनि एनआरएनए बिरुद्ध उजुरी दाखिला गरेका छन् ।

एनआरएनए अमेरिकालाई कमजोर बनाइराख्ने, खारेज गर्ने वा निर्वाचन नै गर्न नदिन आइसीसीका केही पदाधिकारी र एनआरएनए अमेरिकालाई बद्नाम गराउन सक्रिय समुहलाई समेत अदालतको यो निर्णयले झड्का लागेको छ । अदालतको निर्णय पछि एनआरएनए अमेरिकाका पदाधिकारीहरुले खुशी ब्यक्त गर्दै सत्यको जीत भएको बताएका छन् । एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साहाले आफ्नो फेसबुक वालमा लेखेका छन् “हामीले टेनेसी कोर्टमा मुद्धा जित्यौ । यो सत्यको जीत हो ।”

khanepani