यास चक्रपातको असरले वर्षा भइरेको छ, शनिबारदेखि क्रमिक सुधार हुने

काठमाडौं । बंगालको खाडीबाट विकसित भएको ‘यास’ चक्रपातका कारण नेपालमा तीन दिनदेखि वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार यास चक्रपात पश्चिमउत्तरबाट पश्चिमतर्फ सर्ने क्रममा रहेकाले मौसम कमजोर भइ वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आगामी तीन दिनसम्म देशभर वर्षा हुनेछ । शुक्रबार भारी बर्षाको सम्भावना छ भने शनिबारदेखि मौसममा क्रमिक सुधार हुनेछ । यद्यपि शनिबार र आइतबार पनि देशका केहि स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेक देशका अन्य सबै क्षेत्रमा वर्षा, उच्च बेगको हावाहुरी, पहाडी जिल्लामा मध्यम हिमपात र हिमालमा भारी हिमपातको सम्भावना छ ।

शनिबारदेखि मौसममा क्रमिक सुधार हुनेछ । शनिबार देशभरको मौसम बदली रहने र हावाहुरीसहित वर्षा हुनसक्ने अनुमान गरिएको छ । लुम्बिनी प्रदेशका केहि स्थानमा भारी वर्षा हुनेछ ।

आइतबार बागमती र लुम्बिनी प्रदेशमा भारी वर्षा र हावाहुरीको सम्भावना छ । चट्याङ र मेघगर्जनसहितको वर्षा हुनेछ ।

१४,जेष्ठ.२०७८,शुक्रबार ०९:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्