काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ...

पुरा पढ्नुहाेस्

बाढीपहिरो प्रभावितका लागि विशेष राहत प्याकेजको घोषणा : प्रधानमन्त्री देउवा

3.68K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका छन् ।

आइतबार प्रदेश १ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरुको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् । बेमौसमी वर्षाका कारण देशभर आएको अविरल वर्षापछिको बाढी र पहिरोले ठूलो क्षति गरेको उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै सबैभन्दा पहिला गाँस, बास र किसानहरुको पीडामा मल्हम लगाउने काम सरकारले गर्ने बताए ।

‘अहिलेको अवस्था बुझेको छु, काठमाडौं गएर छिट्टै राहत प्याकेज घोषणा गर्नेछौं, साधन स्रोत मागेरै भएपनि अहिलेको अवस्थामा पीडितहरुलाई सहयोग जुटाउँछौं, बाढीपहिरोले धेरै नोक्सान गरेको छ, हामी पीडितलाई ऋण लिएर भएपनि वासस्थानको र खानका लागि व्यवस्था गर्नेर्छौं,’ उनले भने, ‘सरकारको पहिलो प्राथमिकता भनेकै यही हो, अहिले धानबालीमा धेरै क्षति भएको छ, त्यो समस्यालाई समाधान गर्नका लागि पनि हामी किसानलाई ऋण उपलब्ध गराउँछौं ।’

प्रधानमन्त्री देउवाले बाढीपहिरो पीडितको उद्धार तथा राहत कार्यमा सुरक्षाकर्मीहरुले गरेको कामको प्रशंसा गरे । सुरक्षा प्रमुखसहित स्थानीय तहका प्रमुखहरुलाई निर्देशन दिँदै उनले विपत्तिमा पूर्वाधार विकासभन्दा पनि मानवीय क्षति रोक्नु र राहतका कार्यलाई प्राथमिकता दिनुपर्ने बताए ।

khanepani