काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बिहान...

पुरा पढ्नुहाेस्

नेपालमा पनि आज विश्व रेडियो दिवस मनाइँदै

4.89K
shares
khanepani bord

काठमण्डौं । विश्व रेडियो दिवस आइतबार (आज) नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । सन् २०१२ देखि हरेक वर्ष १३ फेब्रुअरीमा संयुक्त राष्ट्रसंघको आह्वानमा रेडियो दिवस मनाउने गरिएको छ ।

१०४ वर्षीय निरंकुश जहानियाँ राणाशासन अन्त्यका लागि नेपाली कांग्रेसले २००३ सालमा रेडियो प्रसारण सुुरु गरेको पाइन्छ ।

नेपालमा २८ मंसिर २००७ देखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ । अहिले एफएम रेडियो सयौँको संख्यामा सञ्चालित छन् । अधिकांश जिल्लामा एफएम रेडियो सञ्चालनमा छन् ।

रेडियो नेपालसहित सयौँ एफएम रेडियोमा हजारौँ सञ्चारकर्मी आवद्ध छन् । स्रोताहरूको पनि एफएम रेडियोसँग सजिलै पहुँच पुग्ने गरेको छ ।

khanepani