काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बिहान...

पुरा पढ्नुहाेस्

प्रधानन्यायाधीशविरुद्धको महाअभियोगबारे एमालेलाई जानकारी छैन : नेम्वाङ

3.93K
shares
khanepani bord

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे कुनै सल्लाह नभएको बताएका छन् ।

पार्टी उपाध्यक्षसमेत रहेका नेम्वाङले महाअभियोगबारे सत्ता पक्षले एमालेसँग कुनै छलफल नगरेको बताए । ‘सत्ता पक्षले हामीसँग सल्लाह गरेको छैन, आफ्नै ढंगले काम गर्छ । भयो (महाअभियोग दर्ता भयो) भन्ने भर्खर थाहा पायौं’, नेम्वाङले भने ।

महाअभियोगबारे निर्णय लिन पार्टीमा छलफलको तयारी भएको उनले बताए । ‘छलफल गर्छौं । सांसदहरु प्रदेशहरूको कार्यक्रममा छन् । सबैलाई खबर गरिसकेका छौं’, नेम्वाङले भने ।

khanepani