काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बिहान...

पुरा पढ्नुहाेस्

त्रिविका उपप्रध्यापकमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता नलेऊ : गोविन्द केसी

3.56K
shares
khanepani bord

काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता गर्न लागेको भन्दै आपत्ति जनाएका छन् ।

उनले वक्तव्य जारी गरी ज्यान मार्ने उद्योगका दोषीहरूको मुद्दा फिर्ता गर्न सरकारले प्रयास गरिरहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

विश्वविद्यालयमा अपराधीको उत्पादन र संरक्षण गर्न नहुने र सबै नागरिकको सुरक्षा हुनुपर्ने उल्लेख गर्दै केसीले गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षणसमेत गराएका छन् ।

उपप्राध्यापक चलाउनेमाथि कुटपिट गरेको आरोपमा सत्तारुढ दल नेपाली कांग्रेसको नेविसंघका नेताहरू हरिप्रसाद आचार्य र सचिव योगेन्द्र लगायतविरुद्ध मुद्दा छ ।

तर, हाल कांग्रेसको सरकार बनेपछि उनीहरूविरुद्धको मुद्दा फिर्ता गर्ने तयारी गरिएको छ ।

khanepani