कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः कुँवर विजयी

कैलाली । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः पुष्पराज कुँवर विजयी भएका छन् । प्रतिस्पर्धी सुरेन्द्र राठीलाई पराजित गर्दै कुँवर विजयी भएका हुन् । कुँवरले ६७८ मत पाउँदा राठीले ३५५ मत ल्याएका थिए ।

यस्तै वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, एसाेसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा अब्बु र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन् ।

पदाधिकारीमा सबै कुँवर प्यानलका उम्मेदवार विजयी भएका हुन् । २ सदस्यबाहेक सबै सदस्य पनि कुँवर प्यानलका उम्मेदवार विजयी भएका हुन् ।

शनिबार भएको संघको चुनावमा १ हजार ९५ मत खसेको थियो ।

२९,जेष्ठ.२०७९,आईतवार १५:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्