राजीनामा बुझाउँदै मुख्यमन्त्री शाह
 
                        					        								वि.सं.२०८० चैत २२ बिहीवार १८:१८
shares

धनगढी । विश्वासको मत नपाउने देखिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन् ।
प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर आजै राजीनामा दिने उनको सचिवालयले जनाएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको थियोे । तर मुख्यमन्त्रीकै आग्रहमा साँझ ५ बजेसम्मका बैठक सारिएको थियो । बैठक अझै सुरू भएको छैन ।
कांग्रेसका १८ सहित नागरिक उनमुक्ति पार्टी (नाउपा)का ७, राप्रपा र स्वतन्त्र सांसदले मत दिए मात्र शाहलाई बहुमत पुग्छ । तर नाउपाको विवादले सांसद नै नआउने भएपछि शाहले विश्वासको मत पाउने सम्भावना नदेखेर राजीनामा दिन लागेका हुन् ।
स्वतन्त्र सांसद डा. तारा जोशीले विश्वासको मत नदिने निर्णय सार्वजनिक गरिसकेका छन् ।











 
						  जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट प्रहरीको हत्या गरेको आरोपमा थप ५ जना पक्राउ
जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट प्रहरीको हत्या गरेको आरोपमा थप ५ जना पक्राउ












