काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बिहान...

पुरा पढ्नुहाेस्

बकर इदले धार्मिक सद्भाव कायम राख्न प्रेरणा मिलोस् : सभामुख सापकोटा

3.56K
shares
khanepani bord

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बकर इद पर्वले मजबुत राष्ट्रिय एकता र धार्मिक तथा सांस्कृतिक सदभाव कायम राख्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

बकर इदको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभामुख सापकोटाले उक्त कामना गरेका हुन् ।

उनले हाम्रा धार्मिक, सांस्कृतिक एवं सामाजिक विविधता एवं पहिचानमाथि गर्व गरिरहँदा यिनको संरक्षण गर्ने सामूहिक दायित्व नभुल्न पनि आग्रह गरेका छन् ।

फरक-फरक जातजाति र धर्मावलम्बीहरुले आफ्ना मौलिक रितिरिवाज एवं चाड पर्वहरु मनाइरहँदा यसबाट हाम्रा धार्मिक, सांस्कृतिक तथा सामाजिक विविधता प्रतिबिम्बित भइरहेको र नेपालीपनलाई जीवन्त बनाउन मद्दत पुगिरहेको सभामुख सापकोटाको भनाइ छ ।

सामूहिक रुपमा नमाज पढेर, आफन्त र पि्रयजनहरुसँग शुुभकामना साटासाट गरी मनाइने बकर इद पर्वले शान्ति र भाइचाराको सन्देश दिने सभामुखको विश्वास छ ।

khanepani