काठमाडौँ । जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट असई मिलन राय र जवान उत्तम थापाले ज्यान...

पुरा पढ्नुहाेस्

स्थानीय तहमा बेथिति : नगरपालिकामा ५ वर्षमा १० अधिकृत फेरिए

3.89K
shares
khanepani bord

सुर्खेत । पश्चिमसुर्खेतको पञ्चपुरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत ६ महिनाभन्दा बढी टिक्न सकेका छैनन् ।

खासगरी जनप्रतिनिधिले राजनीतिक स्वार्थमा कामका लागि दबाब दिने तर कानून केलाउँदै अधिकृतले इन्कार गर्दा यो समस्या देखिएको जानकार बताउँछन् ।

यस नगरपालिकामा २०७३ फागनु २३ गते नारायणदेव गिरी हाजिर भए भने २०७४ वैशाख तीन गते कृष्णबहादुर पन्त हाजिर भएका थिए । उनी ६ महिनामात्रै त्यहाँ बस्दा प्रमुख प्रशासकीय अधिकृतको रुपमा बखतबहादुर खड्का २०७४ सालकै कात्तिक २९ गते हाजिर भए । खड्का २०७५ असोज २३ मा सरुवा भए । नगरपालिकाको रेकर्ड अनुसार खडंका सबैभन्दा बढी ११ महिना बसेका छन् ।

२०७५ असोज २४ गते हाजिर भएका हरिप्रसाद देवकोटा कात्तिक ९ मा सरुवा भए । त्यसपछि पुन: बखतबहादुर खड्काले २०७६ जेठ १७ सम्म निमित्तको रुपमा नगरपालिका चलाए ।

२०७६ जेठ १८ गते हाजिर भएका पित्रिभक्त गिरी २०७६ पुस २२ मा सरुवा भए । त्यसपछि पुस २३ देखि २०७७ असोज ११ सम्म हरिप्रसाद देवकोटा प्रमुख प्रशासकीय अधिकृत बने । २०७७ असोज १२ गते नगरपालिकामा मोहनबहादुर बुढा प्रमुख प्रशासकीय अधिकृत बनेर आउँदा उनी सोही फागुन ८ गते सरुवा भए ।

२०७७ फागुन ९ गते नारायण अर्याल प्रमुख प्रशासकीय अधिकृतको रुपमा नगरपालिकामा आएका थिए । उनी पनि २०७८ वैशाख २६ गते सरुवा भए ।

हाल २०७८ वैशाख ३० मा आएका रोमाकान्त पाण्डे छन् ।

‘बारम्बार प्रमुख प्रशासकीय अधिकृत फेरिनु हाम्रो पालिकाका लागि राम्रो होइन ’, अखिल क्रान्तीकारीका स्थानीय नेता जगत ढकाल भन्छन्, ‘पाँच वर्षमा १० प्रमुख प्रशासकीय अधिकृत फेरिनु भनेको कर्मचारीमाथिको बढ्दो राजनीतिक हस्तक्षेप नै हो । यसले विकासे योजनामा पनि असर गर्छ ।

khanepani