साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य ८ सय रूपैयाँले बढ्यो

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ ।

शुक्रबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रूपैयाँले बढेर प्रतितोला १ लाख १ हजार ८ सय रूपैयाँ कायम रहेको छ ।
अघिल्लो दिन बिहीवार मात्रै प्रतितोला १ लाख १ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३ सय रूपैयाँमा कायम रहेको महासंघले जनाएको छ ।

त्यसैगरी चाँदी प्रतितोला १ हजार २ सय २० रूपैयाँमा स्थिर रहेको छ ।

२६,फाल्गुन.२०७९,शुक्रबार १२:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्