सोमबार सुनको मूल्य दुई दिनमा २३ सयले बढ्यो

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।

साताको पहिलो दुई दिनमा २३ सय रुपैयाँले प्रतितोला मूल्य बढ्दा नेपाली बजारमा छापावाल सुनको मूल्य एक लाख ४ हजार एक सय रुपैयाँ पुगेको छ ।

आज तेजावी सुनको मूल्य एक लाख तीन हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य १२ सय ५५ रुपैयाँ पुगेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो ।

आइतबार तोलामा १७ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख तीन हजार ५ सय रुपैयाँ पुगेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य वृद्धि हुनुमा अन्तराष्ट्रिय बजार नै प्रमुख कारण हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुकाअनुसार अमेरिकाको सिलिकन भ्याली बैंक डुबेपछि लगानीकर्ताहरु बैंकबाट निक्षेप झिकेर सुनमा लगानी बढाइरहेका छन् ।

एक्कासी सुनको माग बढ्दा मूल्य बढेको अनुमान गरिएको छ । पहेलो धातुमा गरिने लगानी जोखिमका बेला संसारभर मान्य हुने भएकाले वित्तीय प्रणालीमा संकटको अवस्था उत्पन हुँदा तथा ठूलो द्वन्द्वको पूर्वसन्ध्यामा सुनमा लगानी वृद्धि हुने गर्दछ ।

२९,फाल्गुन.२०७९,सोमबार ११:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्