काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बिहान...

पुरा पढ्नुहाेस्

नेपाल टेलिकमले रुकुमकोटमा एनटी फाइबर सेवाको परीक्षण सेवा प्रारम्भ

4.29K
shares
khanepani bord

काठमाडौं । नेपाल टेलिकमले रुकुमकोटमा एनटी फाइबर सेवाको परीक्षण सेवा प्रारम्भ गरेको छ ।

टेलिकमले पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउनका लागि परीक्षण सेवा प्रारम्भ गरेको हो । परिक्षणको अन्तिम प्राविधिक परीक्षण पश्चात छिट्टै ग्राहकहरुमा समेत सेवाको सुरुवात गरिने टेलिकमले जनाएको छ ।

परिक्षणका लागि रुकुमकोटमा दुई वटा एफडीसी (फाइबर डिस्ट्रिब्युसन क्याबिनेट) मार्फत ‘१०२४’ लाइन क्षमताको नेटवर्क तयार गरिएको छ ।

रुकुमकोटमा एनटी फाइबर सेवामार्फत तीव्र गतिको डाटा, भ्वाइस र आईपीटीभी सेवा उपलब्ध गराउन सकिने टेलिकमले जनाएको छ । हाल रुकुमकोटमा रहेका करिव दुई सय सेवाग्राहीलाई पनि एफटीटीएच प्रविधिमा रुपान्तरण गरी थप ग्राहकलाई समेत गुणस्तरीय सेवा उपलब्ध गराइने समेत जनाइएको छ ।

टेलिकमका अनुसार एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर उपलब्ध भएका जिल्लाको संख्या ७४ पुगेको छ । डोल्पा, मुगु र हुम्लामा मात्र यो सेवा पुग्न बाँकी छ । यी जिल्लामा पनि क्रमशः सेवा विस्तार गर्ने कम्पनीको योजना छ ।

khanepani