बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु

हेटौंडा । बिद्युत पोल ढलेर लाग्दा मकवानपुरमा एकजना वडा सदस्यको ज्यान गएको छ । काठको पोल ढलेर थिचिँदा गम्भीर घाइते भएका मकवानपुर बकैयाका गाउँपालिका वडा नम्बर ७ का रामकुमार तितुङको मृत्यु भएको छ ।मंगलबार दिउँसो १स्३० बजे मकवानपुर जिल्ला बकैया गाउँपालिका ७ मानदमार निवासी तितुङलाई आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा एक्कासी बिजुलीको पोल ढलेर लागेको थियो ।

पोलले लागेर गम्भीर भएका उनलाई उपचारको लागि हेटौंडाको चुरेहिल अस्पताल पठाएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो ।

उनको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनी स्थानीय तहमा बकैया(७ मा एमालेको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

१६,फाल्गुन.२०८०,बुधबार १०:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्