सिरोहियालाई हेलिकप्टरबाट ल्याइयो काठमाडौं
 
                        					        								वि.सं.२०८१ जेठ १५ मंगलवार १५:३०
shares
जनकपुरधाम । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।
गत शुक्रबार स्वास्थ्य समस्या देखिएपछि उनलाई जनकपुरको काव्य अस्पतालमा भर्ना गरिएको थियो ।
चिकित्सकले रेफर गरेपछि सिरोहियालाई थप उपचारका लागि आज हेलिकप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।
सिरोहियालाई मुटु र उच्चरक्तचाप लगायतको समस्या रहेको चिकित्सकहरूले ब्रिफिङ गरेका छन् । उनलाई काठमाडौंको मेडिसिटी अस्पतालमा पठाइएको हो ।
रास्वपाका मधेश प्रदेश सदस्य इन्द्रजित प्रसाद महतोले नागरिकता कसुरमा १६ वैशाखमा धनुषा प्रहरीमा दिएको जाहेरीको आधारमा सिरोहियालाई गत जेठ ८ गते काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट प्रहरीले पक्राउ गरेर धनुषा ल्याएको थियो ।
सोमबार उनलाई तेस्रोपटक धनुषा जिल्ला अदालतले थप ३ दिनको म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको छ ।











 
						  जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट प्रहरीको हत्या गरेको आरोपमा थप ५ जना पक्राउ
जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट प्रहरीको हत्या गरेको आरोपमा थप ५ जना पक्राउ












