नेकपा एमाले मधेश प्रदेश समिति बैठक- मन्त्री जयसवालाई फिर्ता बोलाउने प्रस्ताव अनिर्णीत
 
                        					        								वि.सं.२०८२ असार २९ आइतवार ०९:३१
shares

जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेशको बैठकमा प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाललाई फिर्ता बोलाउने आवाज उठेको छ ।
महोत्तरीको बर्दिबासमा बसेको एमाले प्रदेश समिति बैठकमा उपाध्यक्ष विचारी यादवले मन्त्री जयसवाललाई फिर्ता बोलाउने प्रस्ताव गरेका थिए । मन्त्री जयसवालले कमिसन लिएर योजना बेच्ने गरेको उनले आरोप लगाएका छन् ।
उपाध्यक्ष यादवले मन्त्री जयसवालाई फिर्ता बोलाउने प्रस्ताव राखेपछि बैठकमा छलफल भए पनि निर्णय हुन नसकेको प्रदेश समितिका एक सदस्यले बताए ।
उनले भने, ‘बैठक पार्टी सुदृढीकरण र मिसन ०८४ मा केन्द्रित थियो । तर मन्त्री जयसवालाई फिर्ता बोलाउने प्रस्ताव आएपछि सो विषयले नै प्राथमिकता पायो । व्यापक छलफल चल्यो । तर फिर्ता बोलाउने निर्णय भने भएन ।’
उनका अनुसार बैठकको अन्तिममा प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले उपाध्यक्ष जयसवालाई मन्त्रीलाई फिर्ता बोलाउने प्रस्ताव पत्र च्यातेर फाल्न निर्देशन दिएका थिए ।
पर्सा क्षेत्र नम्बर ३ (१) बाट स्वतन्त्र रूपमा निर्वाचित प्रदेश सांसद हुन् । एमालेमा प्रवेश गरेलगत्तै उनलाई मन्त्री बनाइएको थियो ।











 
						  जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट प्रहरीको हत्या गरेको आरोपमा थप ५ जना पक्राउ
जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट प्रहरीको हत्या गरेको आरोपमा थप ५ जना पक्राउ












