काठमाडौँ । जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट असई मिलन राय र जवान उत्तम थापाले ज्यान...

पुरा पढ्नुहाेस्

जनमत पार्टीका निलम्बित राष्ट्रिय उपाध्यक्ष इ. दीपक शाहमाथि कार्यकर्ताले छ्यापे मोसो

2.35K
shares
khanepani bord

जनकपुरधाम । जनमत पार्टीका निलम्बित राष्ट्रिय उपाध्यक्ष इ. दीपक शाहमाथि केही व्यक्तिले बारामा मोसो फालेर दुर्व्यवहार गरेका छन् ।

पार्टीबाट कारबाहीमा परेका इ. शाह र अन्य नेताहरूले अन्तरसंघर्षको रूपमा ‘जनसंवाद यात्रा’ सुरु गरेका हुन् । सो क्रममा बारा पुगेका शाहमाथि जनमत पार्टीकै कार्यकर्ताहरूले मोसो फालेका छन् ।

शाह गाडीमै रहेका बेला केही युवा बोतलबाट कालो मसी फालेको र ‘मुर्दावाद मुर्दावाद…’ नारा लगाएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
पार्टी अध्यक्ष सीके राउतले आफ्नो विरोधमा गतिविधि गरिरहेको भन्दै शाहसहित कारबाहीमा परेकाको भेलामा सहभागी नहुन कार्यकर्तालाई निर्देशन दिएका थिए । स्रोतका अनुसार राउतकै निर्देशनमा उनका कार्यकर्ताले शाहमाथि मसी फालेर दुर्व्यवहार गरेका छन् ।

‘जनसंवाद यात्रा’को क्रममा बारामा आफूमाथि जनमत पार्टीकै कार्यकर्ताहरूले मसी फालेको शाहले बताए । घटनाबारे केहिबेरमा प्रेस विज्ञप्ति जारी गर्ने उनको भनाई छ ।

khanepani