काठमाडौँ । जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट असई मिलन राय र जवान उत्तम थापाले ज्यान...

पुरा पढ्नुहाेस्

मधेशमा बजेट लफडा- अर्थमन्त्रीको राजीनामा माग्दै जसपा नेपालले गर्‍यो बहिष्कार

2.41K
shares
khanepani bord

जनकपुरधाम । मधेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट र रेडबुकमा आपत्ति जनाउँदै प्रतिपक्षी दल जसपा नेपालले संसद बहिष्कार गरेको छ ।

सभामुख रामचन्द्र मण्डलले संसद सुरु गरे लगत्तै जसपा नेपालका सांसदहरू उभिएर विरोध जनाए ।

जसपा नेपालका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले बजेटमा बिचौलिया हाबी भएको कुरा आएपछि त्रुटि सच्याउन कार्यदल गठन भए तर रेडबुक नै संसदलाई छलेर ल्याएको कुरा बाहिर आएकाले अब अर्थमन्त्री सुनिल यादवको राजीनामा दिनुपर्ने माग गरे ।

उनले अर्थमन्त्रीले राजीनामा नदिएसम्म संसदमा नबस्ने घोषणा गरे । उनको मन्तव्यपछि जसपा नेपालका सांसदहरू संसद बहिष्कार गरेका छन् ।

यता, सभामुख मण्डलले संसद सञ्चालन राखेका छन् । अर्थमन्त्री यादवले विनियोजन विधेयक २०८२ प्रस्तुत गरे ।

उनले विनियोजन विधेयकमाथि बिचार गरियोस् भन्दै प्रस्ताव पनि गरेपछि सो विधेयकमाथि छलफल जारी छ ।

जसपा नेपालसंगै नेकपा माओवादी केन्द्र, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका साँसदहरु पनि संसद बहिष्कार गरेको बुझिएको छ ।

khanepani