सर्लाहीको लालबन्दी नगरपालिकामा ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु, २ घाइते
 
                        					        								वि.सं.२०८२ साउन १ बिहीवार ०९:१६
shares

जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिक ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ट्रक सहचालक रौतहटको बृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवान छन् । यस घटनामा २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
आज बिहान पौने ७ बजे रौतहटबाट लालबन्दीस्थति न्युँ माँ राजदेवी राइस मिलमा धानको भुस लिन आएको ना ६ ख ७५५० नम्बरको ट्रकमा भुस लोड गर्ने क्रममा ११ हजार भोल्टको करेन्ट प्रवाह भएको बिजुलीको तारमा छोइएको थियो । करेन्ट प्रवाहले तीनै जना घाइते भएका थिए ।
इलाका प्रहरी कार्यालय नवलपुरको टोलीले घाइतेहरुलाई उद्धार गरी नमुना अस्पताल हरिवन पठाएको थियो । अस्पतालमा उपचारका क्रममा सहचालक दिनेश पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।











 
						  जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट प्रहरीको हत्या गरेको आरोपमा थप ५ जना पक्राउ
जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट प्रहरीको हत्या गरेको आरोपमा थप ५ जना पक्राउ












