काठमाडौँ । जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट असई मिलन राय र जवान उत्तम थापाले ज्यान...

पुरा पढ्नुहाेस्

रौतहटको गौरीशंकर कलेज अगाडि विवादको क्रममा छुरा प्रहार गरी अन्दाजी २१ वर्षीय युवकको हत्या, एकजना पक्राउ

1.87K
shares
khanepani bord

जनकपुरधाम । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।

गौरनगरपालिका ५ गौरीशंकर कलेज अगाडि विवादको क्रममा छुरा प्रहार गरी अन्दाजी २१ वर्षीय युवकको हत्या भएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए ।

उनका अनुसार आज दिउँसो २:४० बजे छुरा परिचय नखुलेका युवकमाथि छुरा प्रहार भएको हो ।

गम्भीर घाइते अवस्थामा युवकलाई प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लैजाने क्रममा उनको मृत्यु भएको डीएसपी कार्कीले बताए ।

घटना स्थलबाट छुरा प्रहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौर नगरपालिका-३ का युवक मनोज राम रहेका छन् ।

पक्राउ परेका उनीमाथि कारबाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

khanepani