काठमाडौँ । जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट असई मिलन राय र जवान उत्तम थापाले ज्यान...

पुरा पढ्नुहाेस्

बागमती प्रदेशसभा बैठक बिहान ११ बजे प्रदेशसभा सचिवालय हेटौंडामा बस्दै

1.83K
shares
khanepani bord

हेटौँडा । बागमती प्रदेशसभा बैठक बस्दै छ । सोमबार बिहान ११ बजे प्रदेशसभा सचिवालय हेटौंडामा बैठक बस्ने छ ।

प्रदेशसभाको उक्त बैठकमा विशेष समयको कार्यसूची रहेको छ । विशेष समयमा सांसदहरूले समयसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा विकास निर्माण र निर्वाचन क्षेत्रका समस्या बारे आफ्ना धारणा राख्नेछन् । विशेष समयमा प्रत्येक सांसदलाई २ मिनेटको समय निर्धारण गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा बोल्ने सांसदको लिस्ट लामो रहेकाले उक्त समय निर्धारण गरिएको हो ।

बैठकमा प्रदेश स्तरीय चिट्ठा विधेयक व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धी विधेयक पारित गर्ने तयारी रहेको छ । बैठकमा प्रदेश मामिला समितिले तयार गरेको उक्त विधेयक माथिको प्रतिवेदन माथि छलफल गरेर पारित गर्ने तयारी रहेको छ । विधेयक माथिको प्रतिवेदन समितिले आइतबारको बैठकमा पेस गरेको थियो ।

khanepani