भारतका कप्तान सूर्यकुमारले भने, ‘भारत र पाकिस्तानबिचको भिडन्तलाई अब प्रतिद्वन्द्वीता भन्न मिल्दैन’

वि.सं.२०८२ असोज ६ सोमवार ११:३२
shares

काठमाडौं । भारतका कप्तान सूर्यकुमार यादवले पाकिस्तानसँगको भिडन्त अब ‘प्रतिद्वन्द्वीता’ भन्न नमिल्ने बताएका छन् ।
दुबईमा जारी एसिया कपमा पाकिस्तानमाथि लगातार दोस्रो जित निकालेपछि भारतका कप्तान सूर्यकुमारले पाकिस्तानसँगको भिडन्त प्रतिद्वन्द्वीता हो भन्ने धारणालाई खारेज गरेका हुन् ।
‘मापदण्ड र प्रतिद्वन्द्वीता उस्तै हो’, उनले भने, ‘मेरो विचारमा, यदि दुई टोलीले १५-२० खेल खेल्छन् र यदि [हेड-टू-हेड] ७-७ वा ८-७ छ भने, त्यसलाई प्रतिद्वन्द्विता भनिन्छ । तर १३-०, १०-१…मलाई तथ्याङ्क के हो थाहा छैन। तर यो अब प्रतिद्वन्द्वीता होइन। तर हो, मलाई लाग्छ कि हामीले उनीहरू भन्दा राम्रो क्रिकेट खेल्यौं।’
एसिया कपमा भारतले पाकिस्तानमाथी पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ६ विकेटले जित निकाल्यो ।