काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

विपी राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो सञ्चालनमा

1.33K
shares
khanepani bord

दोलखा । लगातारको वर्षा र पहिरोका कारण अवरुद्ध भएको विपी राजमार्गको विकल्पका रूपमा खुर्कोट–मन्थली–चरिकोट हुँदै खाँडीचौर जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ।

सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख इन्जिनियर नारायण दत्त भण्डारी, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, र जिल्ला सुरक्षा निकायका प्रमुखहरूको टोलीले आज उक्त वैकल्पिक मार्गको स्थलगत निरीक्षणपछि बाटो सुचारु गर्न सफल भएकाे हाे ।

इन्जिनियर भण्डारीका अनुसार विपी राजमार्गमा निरन्तर पहिरोका कारण आवागमन अवरुद्ध भएपछि वैकल्पिक बाटो तत्काल सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको थियो। “अब उक्त मार्ग हुँदै सवारीसाधन चल्न थालेका छन्, यात्रुका लागि सहज विकल्प खुलेको छ,” भण्डारीले बताए ।

खुर्कोट–मन्थली–चरिकोट–खाँडीचौर सडकखण्डमा डिभिजन कार्यालयले मर्मत तथा साना पहिरो पन्छाउने कार्य पूरा गरेको छ। चरिकोट–केर्ने सडकखण्डको कालीदह क्षेत्रमा भासिएको करिब ३० मिटर सडक पनि अस्थायी रूपमा मर्मत गरी यातायात सञ्चालनयोग्य बनाइएको छ।

जनताको आवागमन र अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख भण्डारीकाे पहलमा प्रशासन, प्रहरीको सहकार्यमा काम भएकाे हाे ।

स्थानीय बासिन्दाले वैकल्पिक बाटो सञ्चालनमा आएपछि राहत महसुस गरेका छन्। विपी राजमार्ग पूर्ण रूपमा खुल्ने समयसम्म यो मार्ग अस्थायी रूपमा प्रभावकारी समाधान हुने उनीहरूको विश्वास छ।

khanepani