रौतहटमा करेन्ट लागेर एक किशोरीको मृत्यु

रौतहट । रौतहटमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । रौतहटको फतुवा विजयपुर–७ का रामेश्वर यादवकी १४ वर्षीय छोरी रुवीकुमारीको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।

घाँस लिन गएकी रुवीकुमारीलाई क्रसर उद्योगभित्रको धारामा पानी खान जाँदा करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयपुरका सई प्रभुप्रसाद साहले बताए।

धारामा जोडिएको मोटरबाट विद्युत प्रवाह भएर घटना भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।

२३,आश्विन.२०७८,शनिबार १७:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्