संसद विघटनको मुद्दामा बहस गर्न अधिवक्ताले पाए १० मिनेट समय

काठमाडौं । संसद विघटनविरुद्ध दायर रिटमा बहस गर्न टाइमकार्ड लागू गरिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले रिट निवेदकलाई बहस गर्न १० मिनेटको समय तोकिदिएका हुन् । वरिष्ठ अधिवक्ताहरुको हकमा भने केही भनिएको छैन ।

संसद विघटनविरुद्ध संवैधानिक इजलासमा शुक्रबारबाट सुनुवाइ सुरु भएको छ । अहिले रिट निवेदक सन्तोष भण्डारीले बहस गर्दैछन् ।

प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् ।

१४,जेष्ठ.२०७८,शुक्रबार १३:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्