काठमाडौँ । इरानका दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनीका छोरा मोज्तबा खामेनीलाई देशको नयाँ...

पुरा पढ्नुहाेस्

श्रीमतीको हत्या गरेको आरोपमा एकजना व्यक्ति अर्घाखाँचीबाट पक्राउ

6.72K
shares
khanepani bord

बुटवल। श्रीमतीलाई हत्या गरेको आरोपमा एकजना व्यक्ति अर्घाखाँचीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गुल्मीको ईस्मा गाउंपालिका वडा-२ हल्दीटारा घर भइ हाल अर्घाखाँची छत्रदेब–८ मा डेरामा बस्ने बर्ष ४३ का लाल बहादुर कुमाल रहेका छन् । उनले असोज २७ गते दिउसो आफ्नो श्रीमती बर्ष ३० की सिता कुमाललाई कुटपिट गरी हत्या गरेका थिए ।

श्रीमतीको हत्यापछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका प्रहरी निरीक्षक सुजन शाहको नेतृत्वमा खटिएको ७ जनाको टोलीले पक्राउ गरेको हो ।

कुमाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी अमर थापाले बताए ।

IME
khanepani