काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बिहान...

पुरा पढ्नुहाेस्

संविधानका केही प्रावधान परिमार्जन गर्ने संकल्प गरौँः प्रचण्ड

3.42K
shares
khanepani bord

काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानलाई परिमार्जन गरेर जानुपर्ने बताएका छन् । परिमार्जनको संकल्प जनयुद्ध दिवसकै अवसरमा गर्नुपर्ने पनि बताए ।

२७ औँ जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित कार्यक्रममा प्रचडले लोकतान्त्रिक अधिकारको रक्षा र संविधानकै रक्षाको निम्ति परिमार्जन आवश्यक रहेको धारणा राखे । उनले जनयुद्धको दिनलाई नयाँ संकल्प गर्न ऐतिहासिक दिन पनि भनेका छन् ।

‘आज जनयुद्ध दिवस मनाउनुनको तात्पर्य एकचोटी फेरि नयाँ संकल्प लिनुपर्ने, राष्ट्रियता स्वाधिनताको निम्ति र प्राप्त लोकतान्त्रिक अधिकारको रक्षाको निम्ति र संविधान अनि त्यहाँ राखिएका जनपक्षीय प्रावधानलाई अझ परिमाजर्न गरे जानुपर्छ ,’ अध्यक्ष प्रचण्डले भने, ‘ आजको दिनले हामी सबैलाई देशभरी रहेको क्रान्तिकारीहरूलाई एउटा नयाँ ऊर्जा प्राप्त गर्ने, नयाँ संकल्प गर्ने र नयाँ कमिटमेन्टको निम्ति आजको दिन ऐतिहासिक बनेको छ ।’
अध्यक्ष प्रचण्डले जनयुद्धको जगमा भएको जनआन्दोलनको समायोजनले नै नेपालका राजनीतिक दलहरूबीच नयाँ संकल्प, एकता, संविधानसभा र संघीय गणतन्त्रका निम्ति संघर्ष गर्ने आधारशीला खडा गरेको दाबी गरेका छन् ।

संघर्षले नै जनतालाई अधिकारसम्पन्न बनाउँदैै लगेको तर एक प्रवृत्तिका मान्छेलाई भने त्यो कुरा सुरुदेखि नै मन नपरेको बताए । त्यही कारण माओवादी कमजोर पार्ने र जनयुद्धको जगमा प्राप्त राजनीतिक उपलब्धि सिध्याउने प्रयास भइरहेको उनी बताउँछन् ।

khanepani