काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बिहान...

पुरा पढ्नुहाेस्

बाँकेमा २३ वर्षीय कोरोना संक्रमितको मृत्यु

3.64K
shares
khanepani bord

दाङ । बाँकेको भेरी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

खजुरा गाउँपालिका-२ बाँकेका २३ वर्षीय पुरुषको आइतबार बिहान पाँच बजे भेरी अस्पतालमा मृत्यु भएको बाँकेका जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर वलीले जानकारी दिए ।

मृतक गत माघ २७ मा संक्रमण पुष्टि भएपछि भेरी अस्पतालमा उपचाररत थिए । वलीका अनुसार उनले भेरोसेलको दुवै मात्राको खोप लगाएका थिए ।

योसँगै बाँके जिल्लाको मृत्यु संख्या ३५१ र अन्य जिल्लाको मृत्यु संख्या ४४५ पुगेको छ।

khanepani