काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ सय ९० जना चालकमाथि कारवाही

4.89K
shares
khanepani bord

काठमाडौं । ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार २९० जना सवारी चालकमाथि कारवाही गरेको छ ।

शनिबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियमको पालना गरेको नपाइएपछि उनीहरुलाई कारवाही गरिएको हो ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १०२ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६५ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६० जना र ढोका खुल्लै राखेर सवारी चलाउने ५३ जना सवारी चालक छन् ।

यस्तै शनिबार नै अवस्था ठिक नभएको सवारी साधन चलाउने २२ जना, मदिरा पिएर सवारी साधन चलाउने ५४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ९ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

IME
khanepani