काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बिहान...

पुरा पढ्नुहाेस्

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

4.32K
shares
khanepani bord

काठमाडौं । चितवनको राप्ती नगरपालीका–६ हर्दी चोकमा शनिबार बेलुकी दुई ओटा मोटरसाइकल आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

टाँडीबाट भण्डारा तर्फ जाँदै गरेको ना ६० प ३७८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेका ना ९ प ९६६२ नम्बरको मोटरसाइकल शनिबार बेलुकी ७ बजे ठोकिएका थिए ।

घाइते भएका दुवै मोटरसाइकल चालकलाई उपचारको लागि कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुर पठाइएको थियो ।

उपचारको क्रममा ९६६२ नम्बरका मोटरसाइकल चालक चितवनको खैरहनी नगरपालीका–७ का ४५ बर्षीय कमल चौधरीको शनिबार राती ९ बजे मृत्यु भएको हो ।

अर्का मोटरसाइकल चालक राप्ती नगरपालीका–६ का २९ बर्षीय सन्तोष भण्डारीको अवस्था भने सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ ।

भण्डारीले मदिरा सेवन गरी मोटरसाइकल चलाएको खुल्न आएको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ ।

khanepani