काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले सेवा प्रवाहमा थप सुधार गर्नका...

पुरा पढ्नुहाेस्

शेखर कोइराला पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक बस्दै

3.47K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पक्षका नेताहरुको बैठक आज बस्दै छ । सोमबारबाट सुरु हुने केन्द्रीय समिति बैठक अगाडि आफ्नो पक्षका नेताहरुको एकीकृत धारणा बनाउन बैठक बस्न लागेको हो ।

काठमाडौंको बालुवाटारस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा दिउँसो एक बजे बैठक बोलाइएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सन्चालन गरेको, सविधान मिचेको लगायतका आरोप शेखर कोइराला पक्षले लगाउँदै आएको छ ।

यसअघि पनि बसेको कोइराला पक्षको बैठकले पदाधिकारी र केन्द्रीय सदस्यहरुबीच छलफल गरेर केन्द्रीय समिति बैठकमासहभागी हुने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज बैठक बस्न लागेको कोइराला पक्षका एक नेताले जानकारी दिए ।

khanepani