काठमाडौं । अनुमतिबिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले धरपकड गदै अमानविय ढंगले...

पुरा पढ्नुहाेस्

मन्त्री किराँतीको अभिव्यक्तिले हिन्दुधर्मालम्वीहरु भावनामा चोट पुगेको भन्दै राजीनामा माग गर्दै प्रदर्शन (भिडियो सहित)

6.23K
shares
khanepani bord

काठमाडौं । धर्मको बिषयमा विवादास्पद अभिव्यक्ति दिएका पर्यटनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै बिभिन्न धार्मिक संघसंगठनहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

मन्त्री किराँतीको अभिव्यक्तिले हिन्दुधर्मालम्वीहरुको आत्मसम्मानमा चोट पुगेको भन्दै उनीहरुले बिहीबार काठमाडौंको गौशाला क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

मन्त्री किराँतीको वक्तव्य गैरजिम्मेवार र असंवैधिानक भएको उनीहरुको भनाइ छ । प्रदर्शनमा सहभागीहरुले गैरजिम्मेवार मन्त्रीलाई बरखास्त गर, बिभेदकारी मन्त्रीलाई कारवाही गर, धर्मनिरपेक्षता खारेज गर लगाएतका नारा लगाएका थिए ।

प्रदर्शनमा पुगेका राप्रपा सांसद धवलशमशेर राणाले मन्त्रीको अभिव्यक्ति १ करोड ५० लाख हिन्दुहरुको भावनामाथिको प्रहार भएको आरोप लगाएका छनो । धर्मनिरपेक्ष राष्ट्र बनाएर प्रलोभनमा नेपालीहरुको धर्म परिवर्तन गराईरहेको भन्दै घोर आपत्ती रहेकोउनले बताएका छन । उनले अव हिन्दुराष्ट्र, राजा सहित प्रजातन्त्रको लागि बृहत आन्दोलन गर्ने धारणा समेत राखेका थिए ।

क्रिश्चियन धर्मलाई स्वीकार नगर्ने सबै देशद्रोही भएको अभिव्यक्ति दिएपछि पर्यटनमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरिएको हो ।

khanepani