काठमाडौं । अनुमतिबिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले धरपकड गदै अमानविय ढंगले...

पुरा पढ्नुहाेस्

मुगुमा स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा थप एक जना पक्राउ

3.12K
shares
khanepani bord

काठमाडौ । काठमाडौ मुगुमा स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्।

२३ वर्षीया तुलसाकुमारी विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा मुगुको सोरू गाउँपालिका-९ का सुरजकुमार शाही पक्राउ परेका हुन्।

उनलाई जिल्ला प्रहरी कार्यालय मुगुले सोमबार साँझ पक्राउ गरेको हो। स्वास्थ्यकर्मी विश्वकर्माले सुरजसहित ३ जनाविरूद्ध शुक्रबार प्रहरीमा उजुरी दिएकी थिइन्।

शुक्रबार उजुरी दिए पनि आइतबारमात्र दर्ता भएको थियो।

यसअघि सोरू गाउँपालिका-९ का ५४ वर्षीय झ्‍यापु शाही र सोही पालिकाको वडा-६ का धनप्रसाद भट्ट पक्राउ परिसकेको प्रहरीले जनाएको छ।

झ्यापु र धनलाई आइतबार नै पक्राउ गरिएको हो।

लामो समयदेखि जातीय विभेद भोग्दै आएको भन्दै उनले ‘जातीय भेदभाव तथा छुवाछुत कसुरमा’ जाहेरी दिएकी हुन्।

khanepani