भारतीय राज्य उत्तराखण्डमा गएको पहिरोमा परेर चार जना नेपालीहरूको मृत्यु

वि.सं.२०८१ भदौ ७ शुक्रवार १३:१६
shares

काठमाडौं । भारतीय राज्य उत्तराखण्डमा गएको पहिरोमा परेर चार जना नेपालीहरूको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा सबै नेपाली मजदुरहरू हुन् । उत्तराखण्डको रुद्र प्रयाग क्षेत्रमा भएको पहिरोमा गरेर उनीहरूको ज्यान गएको हो ।
भारी वर्षको कारणले नेपालीहरू पहिरोमा परेको भारतीय अखबार नवभारत टाइम्सले उल्लेख गरेको छ ।
हिजो राती १ः २० मा भएको घटनामा परेर नेपालीहरूको ज्यान गएको नवभारत टाइम्सले उल्लेख गरेको छ । तर, ज्यान जानेहरू को को थिए र उनीहरूको नेपाल घर कहाँ हो भन्नेबारेमा भने समाचारमा केहि उल्लेख गरिएको छैन ।