काठमाडौं । काठमाडौं प्रहरीले फेरि सानुभाइ भनिने युवराज गुरूङलाई पक्राउ गरेको छ। गुरूङलाई प्रहरीले...

पुरा पढ्नुहाेस्

मनाङको उपचुनाव स्थगित

234
shares
khanepani bord

काठमाडौं । कात्तिक १७ गतेका लागि तय भएको मनाङ प्रदेशसभाको उपचुनाव स्थगित भएको छ ।

आइतबार सरकार र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफलपछि त्यसदिनको उपचुनाव नगर्ने समझदारी बनेको हो । चुनाव स्थगित भएको बताउँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अर्को मिति तय गर्ने जानकारी दिए ।

उप निर्वाचन प्रयोजनका लागि असोज २२ र २३ गते दल दर्ताको कार्यतालिका सार्वजनिक भइसकेको थियो । जेन जीको आन्दोलनपछि सृजना भएको अवस्था र अहिलेको विपदका कारण उक्त कार्यतालिका प्रभावित भएपछि आयोगले निर्वाचन स्थगित गरेको भण्डारीले बताए ।

प्रतिनिधिसभा विघटनसँगै रुपन्देही ३ को प्रतिनिधिसभा उपचुनाव भने यसअघि नै रद्द भइसकेको छ ।

khanepani