काठमाडौं । काठमाडौं प्रहरीले फेरि सानुभाइ भनिने युवराज गुरूङलाई पक्राउ गरेको छ। गुरूङलाई प्रहरीले...

पुरा पढ्नुहाेस्

बीपी राजमार्ग ३/४ दिनभित्रै सञ्चालन गर्छौँः मन्त्री कुलमान घिसिङ (भिडिओ सहित)

520
shares
khanepani bord

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत सडकको विभिन्न ठाउँमा भएको अवरोध हटाउने काम थालिएको बताएका छन् । आइतबार पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले यस्तो बताएका हुन् ।

घिसिङले भने, ‘बीपी राजमार्गको नेपालथोकको अवरुद्ध सडकलाई तत्कालै खोल्नेछौँ । काम शुरू गरिसकेका छौँ । तीन-चार दिनभित्रमा खोल्ने कुरा भएको छ । त्यो भन्दा छिटो सडक खोल्नेछौँ ।’

यातायात सुचारु गराउन काम अगाडि बढाइसकेको समेत उनले जानकारी दिए । साथै पूर्वका सडकहरूमा सबैभन्दा बढी क्षति भएकाले यसबारे मन्त्रालयले निर्माणको कार्य शुरू गरिहाल्ने तयारी भइरहेको समेत उनले जानकारी दिए ।

तत्कालका लागि बीपी राजमार्ग अवरुद्ध रहेकाले वैकल्पिक बाटोहरू प्रयोग गर्न समेत उनको आग्रह छ । साथै मन्त्री घिसिङले यस वर्षको मनसुनजन्य जोखिम टरेको बताए ।

khanepani