काठमाडौं । अनुमतिबिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले धरपकड गदै अमानविय ढंगले...

पुरा पढ्नुहाेस्

मतदातामाझ रवि लामिछानेले भने, ‘ढुक्क हुनुस्, तपाईँको जनप्रतिनिधि हारेको छैन’

2.13K
shares
khanepani bord

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफू प्रश्नबाट कहिल्यै नभागेको बताएका छन् । निर्वाचन क्षेत्र चितवनमा आयोजित सार्वजनिक सुनुवाइलाई सम्बोधन गर्दै आफू जनताको कठघराबाट नभागेको बताए ।

उनले भने, ‘आफ्नो निर्वाचन क्षेत्रमा मात्रै नभएर देश भरीको समस्या सम्बोधन गर्ने जिम्मेवारी मलाई छ। म निर्वाचन क्षेत्रमा सधैँ आउन नसकेपछि मलाई तपाईँहरूले त्यसमा छुट दिनु भएको छ। देशमा विपत्ति पर्दा होस् वा अप्ठ्यारो पर्दा निर्वाचन क्षेत्रमा मात्रै नभएर देशभर राज्यभन्दा पहिला पुगेर झकझकाइरहेको छ। सिंगो देशको समस्यालाई आफ्नो समस्या ठानेर काम गर्ने प्रयास भइरहेको छ।’

उनले चितवनले देखाएको आशा र भरोसालाई आफूले टुट्न नदिने बताए।

उनले भने, ‘दुई दुई पटक निर्वाचन गर्नुपर्ने अवस्था विगतमा आइपर्‍यो । तर प्रश्न र जाँचबाट तपाईँको जनप्रतिनिधि भागेको छैन, लुकेको छैन। थाकेको छैन। हारेको छैन। त्यसको जवाफ दिँदै सामना गरेर त्यो परीक्षणको कसीमा आफूलाई उभ्याएर अघि बढेको छ।’

khanepani