काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहले पार्टी...

पुरा पढ्नुहाेस्

लुम्बीनी प्रदेश एमाले सांसद तथा पूर्बमन्त्री दुर्गा चौधरी एमालेबाट निलम्बित

5.76K
shares
khanepani bord

बुटवल। नेकपा एमाले बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीलाई निलम्बन गरेको छ ।

पार्टीलाई हानी नोक्सानी पुर्‍याउने मनसाय राखेर गालीगलोज गर्ने, सामाजिक सञ्जालमा लेख्न लगायत गतिविधि गरेको भन्दै चौधरीलाई निलम्बन गरिएको छ ।

बाँके–१ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरी पुर्वमन्त्री समेत हुन् । लिला गिरी मुख्यमन्त्री हुँदा चौधरी मन्त्री थिए ।

‘जिम्मेवार पदमा बसेका नेताले पार्टीलाई हानी नोक्सानी पुर्‍याएमा कारबाही हुने विधानको व्यवस्था छ, त्यसैअनुसार निलम्बन गरिएको हो’ बाँके जिल्ला अध्यक्ष निरक गुरुङले भने । बाँके एमालेको जिल्ला सचिवालय बैठक बसेर चौधरीलाई निलम्बनको निर्णय भएको हो ।

एक नेताका अनुसार चौधरी कुनै पनि पार्टी कमिटीमा नरहेकाले बाँके जिल्ला कमिटीले सदस्यबाट निलम्बन गर्ने निर्णय भएको हो ।

माओवादीबाट एमालेमा आएका चौधरी यसअघि प्रदेश कमिटी उपसचिव थिए । तर गत वर्ष सम्पन्न प्रदेश अधिवेशनमा उनी उपसचिव पदमा पराजित भए ।

IME
khanepani