काठमाडौं । अनुमतिबिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले धरपकड गदै अमानविय ढंगले...

पुरा पढ्नुहाेस्

रविलाई उपस्थित हुने शर्तमा निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

3.77K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि उपस्थित हुने शर्तमा जिम्मा लगाएको छ ।

भोलि बिहान १० बजे अदालत उपस्थित हुनेगरी रविलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश भएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।

जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले सो आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी बिहीबार अदालत उपस्थित भएका थिए ।

बिहीबार उनको बयान सकिएको छ । मरासिनीका अनुसार भोलिबाट उनको थुनछेक बहस सुरु हुनेछ । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको थियो ।

लामिछानेका साथै छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । लामिछाने बयानका लागि मंगलबार नै भैरहवा आएका थिए । उनी कार्यालय खुलेपछि अदालत उपस्थित भएका हुन् ।

khanepani