काठमाडौं । अनुमतिबिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले धरपकड गदै अमानविय ढंगले...

पुरा पढ्नुहाेस्

राजनीतिमा सक्रिय हुने पूर्वराष्ट्रपति भण्डारीको संकेत, विराटनगर पुगेर भनिन् एमालेमै फर्किन्छु (भिडियो सहित)

3.13K
shares
khanepani bord

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिभन्दा कोही टाढा नहुने बताएकी छन् । उनले आफू एमालेबाट नै राष्ट्रपति भएकाले ढिलो-चाँडो एमालेमै फर्किने बताइन् ।

विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले भनिन्, ‘म हिजो पनि एमालेमा नै जन्मिएको, हुर्केको, बढेर यहाँसम्म आएको हो । फेरि पनि त्यही फर्किन्छु ।’

पूर्वराष्ट्रपति भण्डारीले अहिले नै पार्टी राजनीतिमा सक्रिय भइहाल्ने बेला नभएकाले बेला आएपछि भने राजनीतिमा सक्रिय हुने बताइन् ।

उनले अहिलेको अवस्थामा देशमा शान्ति, स्थायित्व र दिगो विकासको लागि आफू सक्रिय रूपमा शिक्षा, युवा, महिला र रोजगारीको विषयमा सक्रिय रूपमा आफ्नो उपस्थिति देखाएको बताइन् ।

‘नेपालको हितको लागि के के गर्नुपर्छ, त्यसको राष्ट्रिय एजेन्डाहरूमा मेरो चासो हुने नै भयो’, उनले भनिन्, ‘शिक्षाको कुरा गरिरहेको छु, मैले स्वास्थ्यको कुरा गरिरहेको छु, मैले जलवायु परिवर्तनको कुरा गरिरहेको छु, म युवा वैज्ञानिकहरूसँग भेट गरिरहेको छु भने त्यसलाई तपाईंहरू कसरी बुझ्नुहुन्छ ?’

आफूले हिजो पनि त्यही विषयलाई लिएर आफ्नो कर्तव्य पूरा गरेको उनको भनाइ छ ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘वर्गीय, शोषण श्रमको विरुद्धमा हिजोदेखि नै लागेकाले देशको समग्र विकासको लागि लाग्छु ।
राष्ट्रिय एजेन्डा, महिला, बालबालिका, खानेपानीलगायतको विषयमा आफ्नो चासो र चिन्ता छ ।’

सोमबार विराटनगर आएकी पूर्वराष्ट्रपति भण्डारी आजैदेखि राजनीतिक भेटघाटमा व्यस्त छिन् । उनले भोलि इटहरीमा रहेको जनता माविको कार्यक्रममा सहभागिता जनाउनेछिन् ।

त्यस्तै धरान इन्जिनियरिङ क्याम्पसको कार्यक्रम तथा १६ गते बुढीगंगामा हुने चुडाकवि फाउन्डेसनले आयोजना गर्ने वादविवाद प्रतियोगिताको प्रमुख अतिथि तथा सोही दिन मनमोहन प्राविधिक विश्वविद्यालयको अवलोकन गर्ने जनाएकी छन् ।

माघ १८ गते ग्रामथान गाउँपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

khanepani