मेलम्ची नगरपालिकाको नक्कली खण्डन प्राप्त, महालेखापरिक्षकको कार्यालयलाई तामाङको चुनौती
वि.सं.२०८२ असार २१ शनिवार ११:४४
shares

काठमाडौं । मेलम्ची नगरपालिकाको समाचार महालेखापरिक्षकको प्रतिवेदनलाई समाचारको मुख्य स्रोतका रुपमा लिइएको कुरा नगरपालिकको खण्डनले पनि पुष्टि गरिसकेको छ ।
नगरपालिका आफै स्थानिय सरकार हो । यसका पदाधिकारीहरु पनि सार्वजनिक मानिस हुन । उनीहरुले गरेका कामको जस अपजस उनीहरुले लिनु पर्छ । किन कि उनीहरु जनताद्धारा निर्वाचित जनप्रतिनिधि हुन । उनीहरु जिम्मेवार हुनै पर्छ ।
मेयर साप र उपमेयर सापसँग नेपाली जनताको कुनै व्यक्तिगत बैरभाव छैन । उनीहरुसँग व्यक्तिगत र संस्थागतरुपमा कुनै अपेक्षा लिएका पनि छैनौ र लिने प्रयास पनि छैन ।
नगरपालिकाले पालेका प्रेस सल्लाहकार पनि होलान ? उनीहरु पत्रकारीताको सामान्य सिद्धान्त र समाचारको मर्मलाई केलाउन पनि नसक्ने हरिलठ्ठकहरुलाई कुन नियम र कानून अनुसार प्रेस सल्लाहकार वा अन्य नक्कली पद खडा गरि मासिक तलव भत्ता खुवाईरहेका छन । त्यो बुझ्न नसकिएको एउटा गम्भिर प्रश्न उठ्ने गरेको छ ।
खण्डन पत्रिकाको कार्यालयमा नपठाइकन नगरपालिकाले किन पहिले प्रेस काउन्सिल र पेड पत्रिकाहरुमा समाचार लेख्न लगाएका हुन ? त्यसको जवाफ पनि मेयर सापले कानूनले निदृष्टि गरेको संस्थाहरुलाई जवाफ त दिनु नै पर्छ होला ?
मेलम्चीका मेयरका नामबाट प्राप्त खण्डनमा मेयरको सचिवालयको लेटरप्याड पनि छैन ? मेयरसापको हस्ताक्षर समेत देखिदैन ? नेपाली जनता नेपाल सरकारको नियम र कानूनको पुर्णरुपमा पालना गरेर दर्ता भएर संचालन भएको समाचार पोर्टल हो ? यो कुनै केटाकेटी खेल हैन ? मेयर सापले संचालन गरेको ठेक्काको फर्मको जस्तै हैसियत र जिम्मेवारी यो पत्रिका र यसका सम्पादकलाई पनि छ ? न कुनै छाप छ । यो मेयरसापको नाममा कुनै चाकडिदारले लेखेको नक्कली पत्र हो भन्न सकिने आधार र प्रमाण यहि खण्डन पत्रले समेत बोलेको छ ।
मेयर साप खानेपानी मन्त्रालय र मेलम्ची विकास समितिसँगको तपाईको हिमजिमलाई मैले अर्थात नेपाली जनताको सम्पादकले नजिकबाट अध्यायन गरेको छ ।
नक्कली भएपनि मेलमा पात्र भएको पत्रलाई सम्मान गर्दै यो खण्डन प्रकाशित गरिएको छ ।
नगरपालिकाको खण्डन


कारवाहीको माग गर्दै मेलम्ची नगरपालिकाद्वारा प्रेस काउन्सिलमा उजुरी
























