काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बिहान...

पुरा पढ्नुहाेस्

धोविघाटस्थित एउटा फोहोरपानी प्रशोधन केन्द्रको शुरू भयो प्रारम्भिक परीक्षण

2.87K
shares
khanepani bord

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा निर्माण भइरहेका फोहोरपानी प्रशोधन केन्द्रहरूमध्ये धोविघाटकोे एउटा फोहोरपानी प्रशोधन केन्द (KUKL/WW/TP-03) को निर्माण कार्य करिव सम्पन्न भई प्रारम्भिक परीक्षण शुरू भएको छ ।

गतवर्ष निर्माण सम्पन्न भई प्रारम्भिक परीक्षण शुरू गर्ने तयारी भइरहेको समयमा सोही वर्षको असोजमा आएको बाढीबाट केन्द्रका केही भौतिक संरचना सहित इलेक्ट्रोमेकानिकल प्रणालीमा क्षति पुगेका कारण प्रारम्भिक परीक्षण अवरूद्ध भएको थियो ।

गतवर्षको बाढीबाट क्षतिग्रस्त भौतिक संरचना सहित इलेक्ट्रोमेकानिकल प्रणालीको निर्माण एवम् मर्मत सम्भार कार्य करिव सम्पन्न भएसँगै प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको धोविघाटस्थित एउटा केन्द्रको प्रारम्भिक परीक्षण शुरू गरिएको आयोजनाले बताएको हो ।
सो केन्द्रको संचालन निर्माण सम्पन्न भएको मितिले ५ वर्षसम्म सम्बन्धित निर्माण व्यवसायीबाट नै हुने व्यवस्था रहेको छ ।

यसैगरी, KUKL/WW/TP-02 अन्तर्गत धोविघाटमा अर्को फोहोरपानी प्रशोधन केन्द्र सहित कोड्कु र सल्लाघारीमा समेत फोहोरपानी प्रशोधन केन्द्रहरूको निर्माण कार्य तदारूकताका साथ भइरहेको छ ।

निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रहरूमध्ये धोविघाटको अर्को केन्द्रको पनि प्रशोधन क्षमता प्रतिदिन ३ करोड ७० लाख लिटर, कोड्कुको प्रतिदिन १ करोड ७५ लाख लिटर र सल्लाघारीमा निर्माणाधीन केन्द्रको प्रतिदिन १ करोड ४२ लाख लिटर फोहोर पानी प्रशोधन गर्ने आयोजनाले जानकारी दिएको छ ।
धोविघाटस्थित फोहोरपानी प्रशोधन केन्द ठेकेदार कम्पनीले नै ५ बर्षसम्म चलाउनु पर्ने ठेक्का दिदाँ बखतकै सम्झौता भएका कारण ठेकेदार कम्पनीले लागत बचतका लागि पुराका पुरा काम नगरेको गुनासाहरु पनि सुनिनि गरेको छ । तर, आयोजनाद्धारा जागि विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छैन ।
आयोजनाका नयाँ आयोजना प्रमुखले विगतझै शक्ति केन्द्रको प्रभावमा परेर प्रशोधन केन्द्रलाई टालटुले अवस्थामा चलाउने छैनन भन्ने विश्वास जनताले लिएका छन ।

khanepani