काठमाडौं । काठमाडौं प्रहरीले फेरि सानुभाइ भनिने युवराज गुरूङलाई पक्राउ गरेको छ। गुरूङलाई प्रहरीले...

पुरा पढ्नुहाेस्

नसर्ने रोगको संक्रमण फैलनु चिन्ताको विषय : स्वास्थ्य मन्त्री सारु

1.21K
shares
khanepani bord

रुपन्देही । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले नसर्ने तथा दीर्घ रोगीको संख्या थपिँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

लुम्बिनी प्रदेश सरकार प्रदेश निजामती सेवा दिवस मूल समारोह समिति–२०८२ ले प्रदेश निजामती सेवा दिवसको अवसरमा शुक्रवार राप्ती उपत्यका (देउखुरी) मा आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले क्यान्सर, मुटु तथा मिर्गौला रोगको संख्या अत्यधिक बढ्दै गएको उल्लेख गरे । साथै ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने मूल मान्यतालाई सबैले अंगाल्नुपर्नेमा जोड दिए ।

प्रदेश सरकारले मिर्गौला प्रत्यारोपण, मुटुको भल्भ फेर्न र क्यान्सर उपचारका लागि दुई लाख रुपैयाँ उपचार सहयोग गर्दै आएको जानकारी दिँदै मन्त्री सारुले हाल प्रदेशमा उपचार सहयोगका कारण ठूलो आर्थिक भार परेको बताए ।

‘प्रदेश सरकारले नसर्ने रोगको उपचारमा अनुदान सहयोग गर्दै आएको छ । यसबाट ठूलो आर्थिक भार प्रदेश सरकारले व्यहोर्नु परेको छ’, उनले भने, ‘ २०७९/८० मा २ सय २४ जनालाई ९ करोड १८ लाख रुपैयाँ उपचारमा सहयोग गरिएको थियो भने ८१/८२ मा आइपुग्दा ३ हजार ८ सय ५१ जनालाई सहयोग गर्नुपर्‍यो । १९ करोड उपचार सहयोगमा खर्च भएको छ ।’

स्वास्थ्य मन्त्री सारुले सबैले आफ्नै स्वास्थ्यप्रति सचेत रहनुपर्नेमा जोड दिए । ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारीको दायित्वलाई आत्मसात् गर्न जरुरी छ । खानपान, आहार-विहारमा विशेष ध्यान दिन जरुरी छ । खास गरी धेरै हामी नेपालीहरू मानसिक तनावमा छौँ’ उनले भने, ‘ब्लड प्रेसर, सुगर, क्यान्सरजस्ता रोगहरू भयावह रूपमा अगाडि बढिरहेका छन् । तीन वर्षको तथ्यांक हेर्दा पनि यी रोग तीन सय प्रतिशतले बढेका देखिन्छन् ।’

नेपाल रेडक्रस सोसाइटी दाङको प्राविधिक सहयोग र स्वास्थ्य मन्त्रालयको समन्वयमा रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो ।

khanepani