काठमाडौं । अनुमतिबिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले धरपकड गदै अमानविय ढंगले...

पुरा पढ्नुहाेस्

सरकारी कार्यालयमा तोडफोड र आगजनी भएपछि कञ्चनपुरका स्थानीय तहमा सेवा सञ्चालनमा समस्या

1.04K
shares
khanepani bord

धनगढी । जेनजी आन्दोलनका क्रममा कञ्चनपुरका धेरै सरकारी कार्यालयमा तोडफोड र आगजनी भएपछि स्थानीय तहमा सेवा सञ्चालनमा समस्या परेको छ।

कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टका अनुसार कम्प्युटर, कागजात र फर्निचर जलेर नष्ट भएकाले तत्काल सेवा प्रवाह गर्न नसकिने अवस्था छ। ‘केही शाखामा अलिकति मात्रै सामग्री बाँकी छ, अहिले सरसफाइ र क्षतिको विवरण सङ्कलनमा ध्यान दिइरहेका छौँ,’ उनले भने।

कञ्चनपुरमा मात्रै करिब ३० सरकारी कार्यालयमा क्षति पुगेको प्रशासनले जनाएको छ। शुक्लाफाँटा नगरपालिकासहित वडा नं १ देखि १२ सम्मका कार्यालय पूर्ण रूपमा नष्ट भएका छन्। त्यस्तै दोधारा चाँदनी, पुनर्वास, भीमदत्त, बेलडाँडी र वेदकोटलगायतका स्थानीय तहका कार्यालयमा समेत क्षति पुगेको छ।

जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गेट र कारागारमा समेत तोडफोड र आगजनी भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार विद्युत्, इन्टरनेट र नागरिकता प्रणालीमा समेत असर परेको छ।

सरकारी कार्यालयसँगै नेताहरूका निजी घर, पार्टी कार्यालय र व्यावसायिक प्रतिष्ठानमा पनि तोडफोड र आगजनी गरिएको प्रहरीले जनाएको छ। यसले कर्मचारी त्रसित बनेका छन् र सेवा प्रवाह कहिले सञ्चालन हुन्छ भन्ने अझै अन्योलमा छ।

khanepani