काठमाडौं । अनुमतिबिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले धरपकड गदै अमानविय ढंगले...

पुरा पढ्नुहाेस्

कैलालीमा सरकारले तोकेको मूल्य भन्दा सस्तोमा धान बिक्री, मूल्य कार्यान्वयनको लागि प्रशासनमा अनसन

377
shares
khanepani bord

कैलाली । सरकारले धानको मूल्य तोक्दा पनि किसानहरूले सस्तोमा धान बेच्न बाध्य भएको भन्दै एक युवा अनसनमा बसेका छन् ।

जसको कोही छैन त्यसको हामी छौँ भन्ने अभियानका प्रमुख नेत्र भण्डारी भाइटिकाको दिनदेखि जिल्ला प्रशासन कार्यालय कैलालीको गेटमा अनसन बसेका हुन् ।

भण्डारीले सरकारले तोकेको मूल्य किसानले पाउनु पर्ने माग राखेका छन् ।

सरकारले भदौ २६ गते मोटा धानको ३ हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ ३३ पैसा निर्धारण गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय कैलालीले असोज ३१ गते सरकारले निर्धारण गरेको मूल्य कार्यान्वयन गर्न सूचना पनि जारी गरिसकेको छ । तर, कैलालीमा अझै पनि तोकिएको मूल्य भन्दा झन्डै १ हजारदेखि १५ सयसम्म कममा किसानहरूले धान बेच्न बाध्य छन् ।

सरकारले तोकेको मूल्य पनि किसानले पाउन नसक्नु दुर्भाग्य रहेको भन्दै त्यो मूल्य कार्यान्वयन गराउन अनसन बसेको भण्डारी बताउँछन् ।

‘सरकारले तोकेको मूल्यभन्दा बढी मूल्य किसानले पाउनु पर्ने हो तर, यहाँ तोकेको मूल्य पनि पाइरहेका छैनन् । किसानले धान फलाउने मूल्य व्यापारीले निर्धारण गर्ने कुरा गलत हो ’ उनले भने ‘अब आफ्नो धानको मूल्य किसानले तोक्नु पर्छ, नत्र सरकारले तोकेको मूल्य व्यापारीले दिनुपर्छ । म त्यही कार्यान्वयनको लागि अनसन बसेको हु ।’

शनिवारबाट जिल्ला प्रशासन अगाडी अनसन बसेका भण्डारीको माग पुरा गर्न मुख्यमन्त्री कमल बहादुर शाहले प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साललाई फोन गरेका थिए ।

यसअघि पनि मुख्यमन्त्री शाहले धानको मूल्य कार्यान्वयन गराउन प्रमुख जिल्ला अधिकारीलाई फोनमार्फत निर्देशन दिएका थिए ।

मुख्यमन्त्री शाहले तत्काल भण्डारीसँग संवाद गरेर समस्या समाधान गर्न निर्देशन दिएपछि प्रमुख जिल्ला अधिकारीले भण्डारीलाई वार्तामा बोलाएका छन् ।

अहिले ११ बजे जिल्ला प्रशासन कार्यालयमा किसानका अगुवा , उद्योग वाणिज्य, जेनजीका प्रतिनिधीहरुबीच वार्ता गरेर माग सम्बोधनको तयारी भइरहेको छ ।

अनसनरत भण्डारीले तत्काल किसानले तोकिएको मूल्य पाउनु पर्ने र सरकारले मूल्य निर्धारण गरिसकेपछि सस्तोमा बिक्री गरेका किसानहरूले क्षतिपूर्ति पाउनु पर्ने बताएका छन्।

khanepani