काठमाडौं । अनुमतिबिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले धरपकड गदै अमानविय ढंगले...

पुरा पढ्नुहाेस्

भदौ २३ र २४ गतेको उपद्रवका नाममा राष्ट्रपतिसँग सम्झौता गर्ने प्रपञ्च स्वीकार्य छैन : रिजाल

442
shares
khanepani bord

काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिजालले भदौ २३ र २४ गतेको उपद्रवका नाममा राष्ट्रपतिसँग सम्झौता गरी अपराधीलाई उन्मुक्ति दिने प्रपञ्च सह्य नहुने बताएका छन्। उनले फेसबुकमार्फत यस्तो सम्झौता गर्ने ‘अनौठो बाध्यता’माथि प्रश्न उठाएका छन्।

रिजालका अनुसार, उपद्रवको जिम्मेवारी कुनै आन्दोलनकारीले नलिएको र आफ्नै अनुकूलको सरकार बनेको पनि ४० दिन बितिसकेको अवस्थामा ‘कथित जेन-जी आन्दोलनकारी’ र राष्ट्रपतिबिच सम्झौता हुनुपर्ने कारण स्पष्ट छैन।

उनले आन्दोलनको नाममा राष्ट्रिय र निजी सम्पत्तिमा आगजनी, तोडफोड तथा चोरी गर्नेहरूको मुकुण्डो उत्रिन थालेपछि अपराधबाट बच्न यस्तो प्रपञ्च गरिएको आरोप लगाएका छन्। रिजालले ‘अपराधीहरूले पानीमुनि गए पनि छुट नपाउने’ बताएका छन्।

न कुनै निश्चित आन्देलनकारी छन् न भदौ २३-२४ को उपद्रवको कुनै आन्दोलनकारीले जिम्मा लिएको छ । आफ्नै अनुकूलको सरकार बनेको पनि ४० दिन बितिसकेको छ । यति पछि आएर कथित जेनजी आन्दोलनकारी र राष्ट्रपतिबिच सम्झौता हुनुपर्ने के अनौठो बाध्यता आइपरेछ ? आन्दोलनका नाममा राष्ट्रिय र निजी सम्पत्ति आगजनी, तोडफोड र चोरी गर्नेहरूको मुकुण्डो एकपछि अर्को गरी उत्रिन थालेपछि अपराधबाट बच्नका लागि राष्ट्रपतिसँग सम्झौता गरी अपराधीलाई उन्मुक्ति दिने प्रपञ्च कुनै हालतमा सह्य हुन्न । आज नभए भोलि, ती अपराधीहरूले पानीमुनि गए पनि छुट पाउने छैनन् ।

khanepani