काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

आन्तरिक उडानमा भैरहवालाई दोस्रो हब बनाउँदै वायुसेवा कम्पनी

4.38K
shares
khanepani bord

काठमाडौं । नयाँ विमानस्थल सञ्चालनमा आएसँगै वायुसेवा कम्पनीहरुले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई दोस्रो हव विमानस्थल बनाउने भएका छन् ।

काठमाडौंबाहेक अहिले वायुसेवा कम्पनीको प्राथमिकतामा पोखरा हवका रुपमा रहेको थियो । बुद्ध एयरले पोखरा विमानस्थललाई एयरले सबै प्रदेशसँग जोडेको छ ।

अब भैरहवा विमानस्थलाई समेत सबै प्रदेशमा जोड्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । बुद्ध एयरले बिहीबार एक विज्ञप्ति निकाल्दै गौतमबुद्ध विमानस्थललाई आन्तरिकतर्फ दोस्रो हबको रुपमा सबै प्रदेशबाट जोड्न लागेको जनाएको हो । भैरहवाबाट पोखरा र भरतपुरको उडान अहिले पनि सञ्चालनमा छ ।

निकट भविष्यमा भैरहवाबाट विराटनगर, भऽपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा क्रमशः उडान भर्ने योजना बुद्ध एयरले जनाएको छ । उडानसँगै पर्यटकहरुका लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजमार्फत होलिडे प्याकेजहरु पनि सञ्चालन गरिहेको छ ।

IME
khanepani