काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

कैलालीको गोदावरी नपा ६ मा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, ७ जना घाइते

5.12K
shares
khanepani bord

कैलाली । कैलालीको गोदावरीमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । गोदावरी- ६ मा गएराति ११ बजेतिर भएको झडपमा एमालेका वडा अध्यक्ष उम्मेदवार जग्गुराम चौधरीका भाइ बिन्तीराम चौधरी घाइते भएका छन् ।

उनको पाखुरामा धारिलो हतियार प्रहारबाट गहिरो चोट लागेको छ । बिन्तीकी श्रीमती पनि घाइते रहेकी छन् । उनीहरुको पद्मा अस्पतालमा उपचार भैरहेको छ । यस्तै अन्य ५ जना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पान्डेयले जानकारी दिए ।

यसैबीच नेकपा एमाले गोदावरी नगर कमिटीले गोदावरी- ६ मा भएकाे झडपका क्रममा एमालेका वडा अध्यक्ष उम्मेदवार चौधरीको घरपरिवारका सदस्यमाथि भएको आक्रमणको भर्त्सना गरेको छ । नगर कमिटीका सचिव जीवनकुमार शाहले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेको हो ।

‘बैशाख २८ गते कांग्रेसका वडा अध्यक्ष उम्मेदवार जयराज फुलाराको नेतृत्वमा करिब २०-२५ जनाको आपराधिक समूहले एमाले वडा नम्बर ६ का वडा अध्यक्षका उम्मेदवार जग्गुराम चौधरीकाे घरभित्र पसी ज्यान मार्ने उद्देश्यका साथ खुकुरीलगायतका हातहतियारसहित सांघातिक आक्रमण गरिएको छ’, एमालेले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ ।

IME
khanepani