काठमाडौं । अनुमतिबिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले धरपकड गदै अमानविय ढंगले...

पुरा पढ्नुहाेस्

घटनापूर्व सम्भावित कारणहरूको आकलन गर्न नसक्नु सरकारको गम्भीर कमजोरी : आयोग

1.05K
shares
khanepani bord

काठमाडौँ । भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापनाका एजेण्डासहित गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको प्रदर्शनपछि मानव अधिकारको अवस्थाको बारेमा राष्ट्रिय मानव अधिकार आयोगले देशभर निरन्तर अनुगमन गरिरहेको छ । शुक्रबार आयाेगले एक प्रेस विज्ञप्ति जारी गर्दै निरन्तर अनुगमन गरिरहेकाे जनाएकाे हाे।

घटना हुनु पूर्व घटना हुनसक्ने सम्भावित कारणहरूको आकलन गर्न नसक्नु सरकारको गम्भीर कमजोरी देखिएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।

प्रदर्शनको पहिलो दिनको पूर्वान्हमा शान्तिपूर्ण प्रदर्शन भए पनि मध्यान्हपश्चात् आगजनीका घटना र प्रदर्शनकारीमाथि गोली प्रहारबाट केही प्रदर्शनकारीको मृत्यु भएर घटना हिंसामा परिणत भएको देखिएको आयाेगले जनाएकाे छ ।

पहिलो दिनको प्रदर्शनमा सुरक्षाकर्मीको गोलीबाट प्रदर्शनकारीको मृत्यु भएका कारण दोस्रो दिन अन्धाधुन्ध आगजनी र तोडफोड भएको अनुगमनका क्रममा पाइएको छ ।

आगजनीबाट महत्त्वपूर्ण सरकारी भवन, पार्टी कार्यालय, निजी घर, व्यावसायिक भवन, शैक्षिक संस्था, सञ्चार गृह र प्रहरी कार्यालयहरूमा अत्यधिक क्षति पुगेको देखिएको छ ।

आगलागी र तोडफोडका क्रममा केही व्यक्तिहरूको जलेर समेत मृत्यु भएको, सरकारी अभिलेख जलेको, भौतिक सम्पत्तिमा क्षति पुगेको, सुरक्षाकर्मीका हातहतियारहरू लुटिएको र कतिपय सामानहरू चोरी र लुटपाट गरिएको समेत पाइएको छ । शैक्षिक संस्थाहरूमा क्षति पुग्दा बालबालिकाको पठनपाठनमा बाधा उत्पन्न हुनुका साथै बालमनोविज्ञानमा समेत असर परेको छ ।

‘घटनापश्चात् सुरक्षाकर्मीको मनोबल कमजोर हुन जाँदा शान्ति सुरक्षामा थप चुनौती सिर्जना हुन सक्ने अवस्था सिर्जना भएको छ । सुरक्षाकर्मीका भवनहरू जलेर नष्ट भएको, प्रहरीका कतिपय भवन मर्मत / निर्माण गर्न समुदायले सहयोग गरेको भए पनि सबै कार्यालय पुनर्निर्माण हुन नसक्दा सुरक्षालगायत प्रहरीबाट प्रदान गरिने सेवा प्रवाहमा बाधा उत्पन्न हुन पुगेको छ । कारागार तथा बालसुधारगृहबाट बाहिर निस्केका बन्दीहरूको फिर्ती तथा कारागार व्यवस्थापनमा समेत गम्भीर समस्या देखिएको छ,’जारी विज्ञप्तिमा भनिएको छ ।

भविष्यमा यस प्रकारका हिंसात्मक घटना पुनः दोहोरिन नदिने वातावरण बनाउन आयोगले नेपाल सरकारलाई निर्देशन समेत गरेको छ ।

khanepani