काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय सिरहा लहानका तत्कालीन डिभिजनल इन्जिनियर...

पुरा पढ्नुहाेस्

मन्त्री कुलमान घिसिङ र नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जबिच शिष्टाचार भेटवार्ता

403
shares
khanepani bord

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जबिच शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा राजदूत भोल्जले मन्त्री घिसिङलाई सफल कार्यकालको शुभकामना दिएका थिए। भेटमा नेपाल–जर्मनीबिचको आर्थिक सहकार्य, जर्मनीको सहायतामा सञ्चालित सौर्य, लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन र ऊर्जा रूपान्तरण लगायतका विषयमा छलफल भएको थियो।

मन्त्री घिसिङले नेपाललाई जर्मनीले दिँदै आएको सहायता बढाउन आग्रह गरे। उनले जर्मनीको सहयोगमा निर्माण भएका मध्य मर्स्याङ्दी र मर्स्याङ्दी जलविद्युत आयोजनाहरूलाई नेपालको ऊर्जा क्षेत्रको लाइफ लाइन भएको बताए।

मन्त्री घिसिङले पोखरा–बुटवल–भरतपुर हरित त्रिकोण परियोजनाको महत्त्व औँल्याउँदै, ट्रली बस चलाउन र बढ्दो विद्युत् भार व्यवस्थापनका लागि प्रसारण तथा वितरण प्रणालीको विस्तार र सुधार अध्ययनमा सहयोग गर्न आग्रह गरे।

उनले ‘जेनजी आन्दोलन’ का क्रममा क्षति पुगेका सार्वजनिक संरचनाहरूको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय विज्ञ उपलब्ध गराइदिन पनि आग्रह गरेका थिए। राजदूत भोल्जले आगामी डिसेम्बरमा सहायता पुनरावलोकनका लागि जर्मनीबाट टोली नेपाल आउने जानकारी गराए।

khanepani